दुहबी / सुनसरी को दुहबी नगरपालिका वडा नम्बर ११ मा दुई दिन अगाडि निर्माण हुँदै गरेको नगर प्रमुख आवास योजना का ठेकेदार बिबेक पौद्दार लाई स्थानीय केही युवाले निर्घात कुटपिट गरेका थिए ।
गत मङ्गलबार दिउँसो निर्माण स्थलमा काम गराइ रहेका ठेकेदार पौद्दार आफ्ना कामदार सग गफ गरिरहेको समयमा अचानक उक्त क्षेत्रमा प्रबेश गरेका युवा सन्जय चौधरी ले अनावश्यक धाक धम्की दिदै धक्का दिन थालेपछी ठेकेदार पौद्दार ले त्यसो नगर्न भनी बारम्बार अनुरोध गरेपनी सन्जय चौधरी ले आफू याहाको लोकल भएको र आफुले चाहे भने जे पनि गर्न सक्ने भन्दै लात र मुक्का प्रहार गरि कुटपिट गरेका गरेको ठेकेदार पक्षले आरोप लगाइएको थियो ।
चौधरी कुटपिट गरि घर तर्फ लाग्दै गर्दा पिडित ठेकेदार पौद्दार ले स्थानिय अस्थायी प्रहरी चौकी तनमुना मा खबर गरेका थिए। तनमुनाका प्रहरी हवल्दार दिनेश यादब सहितको टोलिले पिडक सन्जय चौधरी लाई पक्राउ गरि प्रहरी चौकिमा लगेपनी केही बेर पछि अभियुक्त चौधरी पाँच मिनेट जान्छु भन्दै प्रहरीको अँखा छ्ली चौकि बाटै भागन सफल भएको प्रहरी चौकि इन्चार्ज दिनेश यादवले बताएका थिए ।
पक्राउ परेका अभियुक्त प्रहरी चौकि बाटै भागन सफल भए पछि दुहबी प्रहरीको विभिन्न संचार माध्यम बाट निकै आलोचना भएको थियो । पछि सो अभियुक्त आरोपि लाई खोजी तलासि गरेर बुधबार बेलुका पक्राउ गरी ईलाका प्रहरी कार्यल दुहबीको जिमा लगाएको तनमुना प्रहरी चौकि इन्चार्ज दिनेश यादवले जनाएका छन ।