दुहबी / सुनसरीको दुहबीमा रहेको मुस्लिम सामुदायि हरुको मर्कजले यस्तो माहारिको बेला नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको पालना गरी ईदको नमाज ईदगाहमा नपढि घर घरमा पढन दुहबी मर्कजमा निर्णय भएको समितिका सचिव मोहमद कलिमुदिनले जनाएको छ ।
उता सुनसरीको हरिनगर गाउँपालिका-१ स्थित भुटाहामा रहेको देशकै सबैभन्दा ठुलो ईदगाह भुटाहामा यस पालि पनि ईदुल फित्रका (ईद) को नमाज नपढ्ने निर्णय गरेको छ।
मंगलबार हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी र ईदगाह कमिटी भुटाहाको बसेको बैठकले ईदुल फित्रका दिन ( ईद ) का नमाज ईदगाहमा नपढ्ने निर्णय गरेको छ। यप पालि पनि ईदको नमाज घरमै बसेर पढ्न आग्रह गरेको हो ।
गाउँपालिकाको निर्णय पछि ईदगाह कमिटी भुटाहाले एक विज्ञप्ति निकालेर देशको परस्थितिलाई मध्यनजर गर्दै गरेको निर्णयलाई सम्पूर्ण मुस्लिम समुदायले पालना गरिदिन अपिल गरेको छ। साथै सबैको जानकारीको लागि हार्दिक अपिल गरेको छ।
रमजान महिनाको अन्त्यमा मनाइने मुख पर्व ईदुल फित्रका दिन ईदगाह मैदान, मस्जिद र मदरसामा गएर सामूहिक नमाज पढ्ने गरिन्छ ।
तर यस वर्ष कोरोना भाइरसको दोस्रो महामारीको स्थितिलाई ध्यानमा राखि ईद पर्व घरमै बसेर मनाउन ईदगाह कमिटी भुटाहाले आग्रह गरेको हो ।
ईदगाह कमिटी भुटाहाका सह-सचिव सेराज फलाहीले यस पालि इस्लाम धर्मावलम्बिहरुलाई ईदका दिन सामूहिक नभई घरमै बसेर नमाज पढ्न अपिल गरेको छ।
उहाँले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदान प्रदान नगर्न समेत आग्रह गरेको छ।