इनरुवा / अहिले कोभिड १९को रोकथाम नियन्त्रणका लागि सर्वसाधारणहरु ल्कडाउनको सास्ती भोेग्ने गरेका छन् भने प्रहरीको मिलो मतोमा खुलेआम तस्करहरु भारतबाट तस्करी गरि रहेका स्थानीयहरु आरोप छन् ।
विश्वमै कोभिड १९बाट अति संवेदनशील अवस्थाबाट गुज्रि रहेको छिमेकी मुलुक भारतबाट नेपाल उच्च सर्तकता अपनाउनु पर्नेमा लकडाउनको मौका छोपी तस्करी कार्यलाई तिब्रता दिएकोमा स्थानीयहरु सिमावर्ती क्षेत्रका सुरक्षाकर्मीहरु प्रति गुनासो गरेका हुन् ।
कोरोना भाइरसको प्रकोप बढेसंगै भारत बिहार अरेरिया ,सुपौल जिल्लामा कुखुराको भाउ न्युन भएको छ । हाल भारतीय बजारहरुमा कुखुरा प्रतिकिलो भारु ७० देखि ७५ रुपैयाँमा पाइने गरेको व्यवसायीले बताए । जबकी मा उत्पादित कुखुराको भाउ कम्तीमा थोक बिक्री प्रतीकिलो दुइसय ७० दुइ सय ७५ मा कारोवार भईरहेको बताइन्छ ।
भारतीय र नेपाली कुखुरामा प्रतिकिलो झण्डै एकसय रुपैयाको फरक रहेकाले अहिले कुखुरा तस्करीमा तस्करहरु खुलेरै लागेका छन् ।
सुनसरी जिल्ला प्रशासनले २४ गते सम्मका लागि निषेधज्ञा जारी गरे सँगै नेपाल भारत सिमामा आवतजावतमा कडा रोक लगाइए पनि भारतबाट दैनिक हजारौ.को सँख्यामा कुखुराहरु खुलेआम भित्रि रहेका छन् । मोटरसाइकल , साइकलमा सानो झोलामा हालेर चारैतिर झुण्डयाएर इटहरी , इनरुवा ,दुहबी ,बिराटनगर सम्म बजारमा पुर्याइ रहेका छन् स्रोतले बताएका छन् ।
तस्करहरुलाई स्थानीय सुरक्षाकर्मी इन्चार्जहरुले रोक्नुको सट्टा मुख दर्शक बन्नु परेको जानकारहरु बताउँछन् । यसै गरि किराना माल समानहरु खुलेआम तस्करी भई मोटरसाइकल साइकलहरुमा खुलेआम भारतको सिमावर्ती बजार बसमतिया , घुरना र फुल्काहा बाट नेपाल भित्रि रहेका स्रोतले जनाएको छ ।
स्रोतका अनुसार अहिलेको महामारीको अवस्थामा तस्करहरुलाई भारतबाट खुलेआम कुखुरा तस्करी गर्न लगाएर नेपालका सुरक्षाकर्मीहरुले आफनै कालगति निम्त्याउनमा भूमिका खेल्दै गरेकाले यस तर्फ सम्बन्धित निकायले ध्यानदिनु पर्ने सर्वसाधारणहरु बताउँछन् ।
खास गरि भारतको बसमतिया बजार बाट सिसुवा धरमपुर नाका तथा उल्टी नाका अहिले लागु औषध , कुखुरा , किराना तथा कपडा लगायतको तस्करीको अखडा बन्दै गइ रहेको प्रति स्थानीयहरु चिन्ता व्यक्त गरेका छन् ।
भारतीय कुखुराको तस्करीमा तस्करका साथै केही व्यवसायी र सिमाक्षेत्र स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत मिलोमतो रहेको कारण तस्करी नियन्त्रण हुनुको साटो झन झन बढदैगएको स्थानिय ब्यवसायीले गुनासो गर्दै आएका छन् ।
। यो समाचार Fm advance.com बाट साभार





