दुहबी / निषेधाज्ञाको दोस्रो दिन जोर नम्बरका १६ भन्दा बढी मोटरसाइकल दुहबी प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले कोरोना संक्रमणदर बढेको भन्दै शुक्रबार राति १२ बजे देखि निषेधाज्ञा जारी गरेपछि आज दोस्रो दिन जोर गते परेकोले बिजोर सवारी साधन मात्रै चलाउन पाइने छ ।
सोही अनुसार आज बिजोर नम्बरका मात्रै सवारी चलाउन पाइने भएकोले दुहबी मेन चौकमा १६ भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिइएको ट्राफिक कार्यालय दुहबीले जनाएको छ ।





