दुहबी / मोरङमा टिपरको ठक्कर बाट मोटरसाइकल चालक ग्रामथान-५ बस्ने ३५ बर्षीय नरेश माझीको सो दुर्घटनाबाट मृत्यु भएको छ ।
शनिबार दिउँसो पौने १ बजे ग्रामथान-२ स्थितमा को १ क ३३४५ नम्बरको टिपरले को २९ प ४१७० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक माझी गम्भीर घाईते भएकोमा उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
टिपर र चालक सुनसरी बर्जु-५ का जय नारायण चौधरी प्रहरीको नियन्त्रणमा रहेका छन ।





