दुहबी / कोरोना सङ्क्रमणका कारण सुनसरीमा आमा–छोराको मृत्यु भएको छ । आमाको होम आइसोलेसनमा मृत्यु भएको हो । छोराको अस्पतालमा मृत्यु भएको हो ।
काेराेना सङ्क्रमण पुष्टि भएपछि हाेम आइसाेलेसनमा बसेकी आमाको बुधबार घरमै र शनिबार छोराको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो ।
कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र केन्द्रका संयोजक बैजनाथ साहका अनुसार सुनसरी इनरुवा नगरपालिका–३ घर भएका ६५ वर्षीय पुरुषको शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको हो । सङ्क्रमित पुरुषको उपचारका क्रममा मुटु र श्वासप्रश्वासको समस्या जटिल बन्दै गएपछि मृत्यु भएको अस्पतालले बताएको छ ।
इनरूवा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कालुराम गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पीसीआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै परिवारका सात जनामा कोरोना पोजेटिभ देखिएको थियो । बुधबार वृद्धाको मृत्यु भएको थियो । सोही दिन ६५ वर्षीय छोरालाई अस्पताल भर्ना गरिएको थियो । कोशि अनलाईन बाट साभार