दुहबी / भारतमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढीरहेको बेला यता सुनसरीको दुहबीमा पनि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या केहि न केही बढिरहेको छ।
दुहबीको बजारमा अझै पनि स्वास्थ्य मन्त्रालयले तोकेका स्वास्थ्य मापदण्ड पुरा नगरी हिड्ने भेटिने गरेका छन् ।
मास्क कोरोना भाइरसबाट जोगिने एउटा उपयुक्त साधन भएका कारण स्वास्थ्यकर्मीहरुले मास्क अनिवार्य लगाउन आग्रह गरेको छन् ।
यता मास्क नलगाई हिड्नेहरुलाई दुहबीको बजारमा तपाईको मास्क खोई कार्यक्रम अभियान सुरु भएको छ । दुहबी ट्राफिक प्रहरी कार्यालय , ईलाका प्रहरी कार्यालय दुहबी सहितको टोलीले सोमबार दुहबीको बजारमा तपाईको मास्क खोई अभियान सुरु गरेका हुन् ।
विश्वभर फैलिरहेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागी सवारी चालक तथा पैदल यात्रुहरुलाई अनिवार्य मास्क लगाउन जनचेतना मुलक अभियान थालेका छन् । दुहबीको मुख्य चौकबाट सुरु गरी बजारको अन्य चौक पुगेर गाडी चालक सह चालक सहित यात्रुहरु तथा आम सर्वसाधरणहरुलाई मास्क लगाउन पहल गरिहेका थिए ।
यता विभिन्न सवारी चालक हरु लाई यात्रुहरु लाई अनिवार्य मास्क लगाउन अनुरोध गर्नु पर्ने भन्दै गाडीमा भौतिक दुरि कायम गरि सिट छमता भन्दा बढि यात्रु बोके कार्वाहीको भागेदार हुनु पर्ने भन्दै दुहबी ट्राफिक कार्यालयका ईन्चार्ज रत्न बहादुर दनुवारले सवारी चालक हरु लाई सम्झाउदै गरेको देखीयो ।
भारतमा तिव्ररुपमा कोरोना संक्रमितको संख्या बढीरहेको बेला यता दुहबीमा यसको जोखिम हुने भएका कारण मास्क नलगाउनेहरुका लागी मास्क अनिवार्य रुपमा मास्क लगाउनको लागी जनचेतना मुलक सन्देश प्रवाह गरिएको दुहबी ट्राफिक कार्यालयका ईन्चार्ज रत्न बहादुर दनुवारले बताउनुभयो ।
कोरोना भाईरसका कारण बजारमा मास्क नलगाई हिड्नेहरुको लागी गत बर्षदेखी नै तपाईको मास्क खोई अभियान गर्दै आएकोे दुहबीका सामाजिक युवा अभियान्ता हरुको भनाइ छ





