दुहबी / आज मंगलबारबाट ४ दिनसम्म देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने सरकारले निर्णय गरेको भएपनि दुहबी नगरका विद्यालय नियमितरुपमै संचालन हुने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढ्दो वायुप्रदुषणको कारण देखाउदै देशभरका शिक्षण संस्था चैत १७ गते मंगलबारदेखि २० गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।
तर दुहबीमा सो अनुरुपको वातावरणीय परिस्थिति नरहेको बताउदै यहाँका विद्यालय नियमित रुपमै संचालन हुने भएको हो ।
दुहबी नगरका प्रमुख वेद नारायण गच्छदारले निर्देशन जारी गर्दै कोभिड १९ महामारीले लामो समय बन्द भएको विद्यालय भर्खरै खुलेको ले शैक्षिक गतिविधि नरोक्न सुचित गराएको सूचनामा उल्लेख रहेको छ् ।