दुहबी/ सुनसरीको दुहबी १० स्थित दुहबी ईनरुवा सडक खण्डमा आज दुई मोटरसाइकल एक आपसमा जुद्धा घटनास्थलमै एक युवकको मृत्यु भएको अस्थाई ट्राफिक कार्यालय दुहबीका प्रमुख गोपाल श्रेष्ठले जनाएका छन । श्रेष्ठका अनुसार को ९ प ७००० नम्बर भएको मोटरसाइकल र को ४ प ६११२ नम्बर भएको मोटरसाइकल एक आपसमा जुद्धा को ९ प ७००० मोटरसाइकल चालक सुनसरीको गढि २ घर भएको अन्दाजी बर्ष ३२ को सन्जय चौधरीको मृत्यु भएको हो । को ४ प ६११२ नम्बर भएको मोटरसाइकल चालक घाइते भएका छन।





