इटहरी / इटहरीमा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ ।
इटहरी २ का केशव कार्की माथि सोमबार छुरा प्रहार भएको हो । प्रहरी श्रोतका अनुसार अन्दाजी ४५ वर्षीय कार्कीमाथि सुतेकै ठाउँमा छुरा प्रहार भएको हो। छुरा प्रहार गर्नेको पहिचान हुन बाँकी रहेको र ती व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
घाइते कार्कीलाई धरान स्थित वीपी प्रतिष्ठान लगिएको छ।