• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरी प्रहरीद्वारा दुई हप्ताको अन्तरालमा चोरीमा संम्लग्न दुहबीका ३ सहित ६ जना पक्राउ

काेचिला खबर by काेचिला खबर
03/16/2021
in स्थानीय
175
SHARES
794
VIEWS
Share on FacebookShare on Twitter

इलाका प्रहरी कार्यालय ईटहरीद्वारा दुई हप्ताको अन्तरालमा चोरीमा संम्लग्न ६ जना व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा देवानगंज २ बस्ने वर्ष २१ का राम कुमार गिरि , दुहबी नगरपालिका वडा न ५ बस्ने बर्ष २१ का नजरुन मिया, दुहबी नगरपालिका वडा न ७ बस्ने बर्ष ३२ का सुनिल चौधरी , दुहबी वडा न ४ बस्ने बर्ष ४२ का शिवनारायण चौधरी, रामधुनी नगरपालिका वडान ५ बस्ने बर्ष ३३ का सुबोध कार्कि रहेका छन्।

त्यसैगरी एकजना भने नाबालक भएकोले उसको पहिचान गोप्य राखिएको कार्यालयले जनाएको छ। गत फाल्गुन १५ गतेदेखि २९ गतेका बिचमा चोरी गर्ने ६ जना इलाका प्रहरी कार्यालय सुनसरीद्वारा पक्राउ परेका छन्।

गिरिलाई गत १६ गते इटहरी उप महानगरपालिका वडा नम्बर ९ स्थित दिपेन्द्र चोकमा भुषण साहको गोदामबाट मुल्य रु १० हजार बराबरको १६६ किलो प्याज चोरी गर्दागर्दै पक्राउ गरिएको थियो ।

मियाँलाई गत १७ गते इटहरी उपमहानगरपालिका वडा नम्बर
६ स्थित नेपाल एस.बि.आई.बैंक लि. अगाडी राजमार्ग किनारामा पार्किङ गरी राखेको हिरो कम्पनीको मूल्य रु ६८०० सय पर्ने साइकल चोरी गर्ने क्रममा पक्राउ गरिएको थियो ।

सुनिललाई भने गत फाल्गुन २४ गते इटहरी उप मनपा वडा नम्बर १३ स्थित सन्तोष साहको घरको आँगनमा राखेको साईकल चोरी गरेको अभियोगमा पक्राउ गरिएको हो ।

दुहबी नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ४२ शिव नारायण चौधरीलाई इटहरी वडा नम्बर ४ पानाधारे चोकबाट डिल्ली कुमार श्रेष्ठको घरको कम्पाउण्ड भित्र राखेको साईकल चोरी गरेकोले पक्राउ गरिएको हो।

त्यसैगरी रामधुनी नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष ३३ का सुबोध कार्कीलाई भने २८ गते ना ७ ख ५३८२ नम्बरको डिलक्स बसमा रु ६५०० मूल्य बराबरको कालो रङको क्यासेट १ थान तथा बसमा जडान रहेको सोनी कम्पनीको रु ३६००० मूल्य बराबरको रोवा कम्पनीको मोडेल 32D1600 लेखिएको कालो रङको ३२ ईन्चको LED टिभी १ थान चोरी गरेको अभियोगमा पक्राउ गरिएको छ।

साथै कार्कीले इटहरी उपमहानगरपालिका बस्ने मिन बहादुर खत्रीको मूल्य रु ६५०० बराबरको साइकल समेत चोरी गरेको इलाका प्रहरी कार्यालय ईटहरी सुनसरीका सूचना अधिकृत प्रहरि निरीक्षक केशव कुमार कटवालले जानकारी दिएका छन्। आवर बिराटनगर बाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026
दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

03/31/2026
मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

03/30/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist