दुहबी / सुनसरीको दुहबी स्थित रहेको नेपाल टेलिकम दुहबी शाखाको लापरबाहीले एक साता देखि लाईनअवरुद्ध हुदा स्थानीय सेवा ग्राहि मारमा परेको स्थानीयहरुले गुनासो गरेका छन ।
स्थानीय भन्छन नेपाल टेलिकम दुहबी शाखाको कार्यलयमा पटकपटक भन्दा पनि कुनै सुनुवाइ नगरेकोले दुहबीमा रहेका अति आवश्यक सेवा हरु अस्पताल , बैंक संघ संस्था लगायत
संग सम्पर्क गर्न कठिनाइ भईरहेको बताए ।
उता सो विषयमा नेपाल टेलिकम दुहबी शाखाका प्रमुख तिलक राम माझी संग बुझदा एक साता अगाडि टेलीफोनको वाईर काटेर दुई पटक चोरी भएको हुँदा लाईन सेवा अवरुद्ध भएको बताए ।
माझीका अनुसार टेलीफोनको तार र वाईर पटकपटक चोरी भएपछि सो समस्या आएको बताउदै सो चोरी भएको स्थानमा अर्को तार र वाईर जडांन कार्य भईरहेकोले अबको केही दिनमै पुन लाईन सुचारु हुने माझिले बताए ।