इटहरी / गत १७ गते सोमबार वर्तमान सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालले इटहरीस्थित उदघाटन गरेको इपि ल्याण्ड वाटर पार्क बिवादमा तानिएको छ ।
इटहरीका नामि ब्यवसायी भिम पौडल सहित नेपाल प्रहरीबाट अवकास प्राप्त गरिसकेका पूर्व एआइजि कृष्ण बस्नेत उनका नातेदार कृष्ण बस्नेत र पूर्व डिआइजि ज्ञान बिक्रम शाहको संयुक्त लगानीमा सञ्चालन भएको सो पार्क बिवादमा तानिएको हो ।
उक्त पार्कलाई नेपालकै पहिलो नमुना वाटर पार्कको रूपमा सञ्चालकहरूले दाबि गरेका छन ।मन्त्री ढकालले बिधिवत रूपमा पार्कको उदघाटन गर्दै सञ्चालन भइसकेपछि इटहरी उपमहानगरकि उपमेयरले सो पार्क अवैध र गैर कानुनि तवरले निर्माण भएको बताएकि छिन ।
उनले सो क्षेत्रमा पुललाइ अर्कै दिशामा मोडेर पार्क बनाइएको र उपमहानगरले निर्माण कार्य रोक्का गर्न पत्र पठाउदा पनि बेवास्था गर्दै जबरजस्ति बनाएको आरोप लगाएकि छिन । उनले अमिनि लगाएर जग्गाको नाप जाच गर्दा सरकारी जग्गा पनि भेटिएको तर यति उति भन्ने आफुलाइ थहा नभएको बताइन ।
उपमेयर गौतमले मंगलबार साझ सामाजिक सञ्जालमा स्टाटस राख्दै पार्क निर्माण गैर कानुनी रहेको र स्थानीय सरकारको अनुमति बेगर नै बनेको दाबि गरेकि छिन । उनले अरूले साथ नदिएपनि पार्क बिरूद्ध आफु एक्लै भएपनि अन्तिम सम्म लडने चेतावनि समेत दिएकि छिन ।
पार्क उदघाटन समारोहमा इटहरीका मेयर द्वारिकलाल चौधरीले सञ्चालक सबैलाइ राम्रो कामको थालनि भएको भन्दै सुभकामना दिएर फर्केको २४ घण्टापछि उपमेयर गौतमले बिपरित प्रतिकृया जनाउदा उपमहानगरमा एक प्रकारको तरंग उत्पन्न भएको छ । सामाजिक सञ्जलमा राखिएको स्टाटसमा अधिकांसले स्थानीय जनप्रतिनिधिको काम कार्वाहि र बिस्वासनियता माथी नै प्रश्न उठाएका छन ।
धेरै जसोले निर्माण सुरू भइरहदा स्थानीय सरकार के हेरे बसेको थीयो ? र सञ्चालन भइसकेपछि किन रोइलो भन्ने प्रश्न उपमेयर तर्फ तेर्सिएका छन । यता उपमेयर गौतमले निर्माण प्रकृिया चलिरहदा पनि उपमहानगरले तत्काल रोक्न भनेर पत्रचार गरेको तर ब्यवसायी भिम बहादुर पौडेलले अटेर गर्दै आफुखुशी निर्माण सम्पन्न गरेको दाबि गरेकि छिन ।
यता इपिल्याण्ड वाटरपार्कका अध्यक्ष भिमबहादुर पौडेल संग सम्पर्क गर्दा उनले उपमेयर आफुबिरूद्ध पहिले देखि नै लागेको आरोप लगाएका छन । उनले सो पार्कलाइ इपि ल्याण्ड एण्ड वाटर पार्क प्रालिको नाम राखेर कम्पनी दर्ता गरी पर्यटन मन्त्रालय देखि सम्बन्धित निकाय सबैमा दर्ता र कानुन सम्वत रहेर निर्माण गरीएको दाबि गरेका छन ।
उनले उदघाटनमा पनि माननीय मन्त्री भानुभक्त ढकालले समेत सबै क्षेत्रको अवलोकन गरिसक्नुभएको बताए । त्यस्तै समुदघाटनचलिरहदा मेयर द्वारिकलाल चौधरीले पनि सुभकामना दिएर फर्किएको स्मरण गराए । प्रदेशदर्पण बाट साभार ।