दुहबी / सुनसरीको दुहबी-८ स्थित पशुपति आइरन उधोगको अगाडि कोशी राज्यमार्गमा भएको दुर्घटनामा सिटि सफारि चालक सहित दुई जना घाइते भएको छ।
घाइतेहरुको उपचार सुनसरी सामुदायिक अस्पताल दुहबीमा भईरहेको अस्थायी ट्राफिक कार्यलय दुहबीले जनाएकोछ ।
उनका अनुसार रातिको समयमा भएको दुर्घटना के कारणले भएको खुल्न सकेको छैन। घाइते दुई जना मध्ये एक जना दुहबी-२ पचिरा घर भएको अन्दाजी वर्ष ४५ को मनोज चौधरी रहेको छ ।
चौधरीको अवस्था गम्भीर रहेकोछ भनेअर्को घाइते दुहबी -८ सोनापुर घर बताउने अन्दाजी वर्ष ५० को नाम खुल्न नसकेको ट्राफिक कार्यलय दुहबीले जनाएको छ।





