दुहबी /सुनसरीको दुहबी ३ स्थित कोशि राजमार्गको छेउमा रहेको मनोज घिमिरे र केदार घिमिरेको घर बाट बुधबार दिउँसोको समयमा घरमा कोहि नभएको मौका छोपि चोरी भएको पीडितले कोचिला खबर लाई जानकारी दिएका छन ।
मनोज घिमिरेको भनाइ अनुसार आफ्नो घर बाट आठ तोला सुन र नगद १५ ००० हजार चोरी भएको बताए ।
उनि भन्छन घरको कोठा छिरने मेन गेटमा ताला लगाएको भएपनि चोरले भित्र छिर्न मास्टर चाबीको प्रयोग गरेको आंसकाछ ।
यता सोही ठाउँको अर्को घर बाट तीन तोला सुन चोरी भएको घर मालीक केदार घिमिरेले कोचिला खबर लाई जानकारी दिएका छन ।
पीडित घिमिरे भन्छन सुनेको थिए राती चोरी हुन्छ अबत दिउँसै चोरी हुन थालो हामी अब असुरक्षित भए अबत दिउँसो पनि कसरि घर छोडेर आफ्नो कामकाजमा जानू हाम्रो जीव धनको सुरक्षा कले गर्ने भन्दै दुहबी प्रहरी समक्ष घटनाको अनुसंधान गरि दोषी लाई पक्राउ गरि कार्वाहीको माग समेत गरेको घिमिरेले बताए ।
यता सुनसरीको दुहबीमा केहि दिन अगाडि मात्र ३ ठाउँमा चोरी भएपछि स्थानीय हरु चिन्तित भएका थिए ।
दुहबी नगरपालिका अगाडी रहेको २ वटा सुन पसल र दुहबी ३ को एक घरमा चोरी हुँदा ५ लाख ५० हजार बढीको चोरी भएको पीडितले दाबी गरेका थिए ।
एक साता अगाडि बुधबार राती दुहबी ५ स्थित न्यू बिकास ज्वेलर्समा चोरी भएको थियो ।
बिकास ज्वेलर्सका प्रोपाइटर बिकास स्वर्णकारका अनुसार आफ्नो पसलमा चोरी हुँदा १ लाख ५० हजारको गहना चोरी भएको बताएका थिए ।
आफ्नै पसल छेउमा चिन्टु स्वर्णकारको पसलमा समेत चोरी गर्न खोज्दा एक जना चोर पक्राउ गरिएको बताउदैं उनले तीन पटक आफ्नो पसलमा चोरी भएको समेत बताएका थिए ।
यसैगरी केहि दिन अगाडि दुहबी ३ कि तनिमा चौधरीको घरमा गरगहना सहित ४ लाख बढीको समान चोरी भएको चौधरीले बताइनकि थिन ।
यता दुहबीको सुरक्षा ब्यबस्था निकै कमजोर भएको संगै प्रहरीनै असफल बन्दै गर्दा दुहबी प्रहरीले सुरक्षा ब्यबस्था कडा पारेर ठाउँ-ठाउँमा सिसिटिभि क्यमेरा जडान गर्न सरोकारवालाहरु जाग्नु पर्ने स्थानीयहरुको भनाइ रहेको छ।
दुहबीमा बिगत लामो समय देखि हत्या हिंसा लागु अवसद यौन व्यवसायी बढदै जादा स्थानीय हरु चिन्तित भएका छन ।