दुहबी / सुनसरीको इटहरीबाट नेपाली सेनाका नक्कली उप सेनानी (लेफ्टिनेन्ट) पक्राउ परेका छन् । सेनाको लेफ्टिनेन्टरेड हुँ भन्दै मर्करीको ब्यापार गर्ने वहानामा सर्वसाधारणलाई ठगी गर्दै रकम असुली गर्ने पर्सा जिल्ला ठोरी गाउँपालिका ५ बस्ने २८ वर्षिय शिवकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
सेनाको पोशाक र दज्र्यानी चिन्ह लगाई ठगी गर्दै हिंडेको सूचना र किटानीको आधारमा खोजतलासको क्रममा कार्कीलाई इटहरीबाट नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीले नक्कली सेना बनेका कार्कीले विभिन्न व्यक्तिबाट एघार लाख बढी ठगी गरेको भेटिएको जनाएको छ । सुनसरी प्रहरीले पक्राउ परेका कार्कीको साथबाट ३३ हजार ४ सय ५० रुपैंया सहित विभिन्न बैंकका एटीएम र आइएमईका रसिदका साथै मोबाइलहरु बरामद गरेकोे जनाएको छ ।
यसैगरी कार्कीका सहयोगीका रुपमा रहेका सिन्धुलीका ३८ वर्षिय बसन्तकुमार खड्कालाई समेत नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।