दुहबी / सुनसरीको गढी गाउँपालिका-औराबनीमा मङ्सिर २८गते देखी पुस २८गते सम्म संचालन भएको १महिने ब्युटी पार्लर(केश शृङ्गार)तालीम सप्पन्न भएको छ।
गढीको खानेपानीको सभाहलमा संचालन भएको एक महिने तालिम ग्रामीण महिला उत्थान मन्च दुहबी-सुनसरी र गढी गाउँपालिकाको संयुक्त आयोजनामा सप्पन्न भएको हो।
कार्यक्रममा गढी गाउँ पालिकाका अध्यक्षको प्रमुख अतिथि श्रीप्रसाद यादब, बिशिस्ट अतिथी राजकुमारी चौधरी ,बिशिस्ट अतिथी गढी गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत भुपध्वज थापा ,अतिथी लेखा अधिकृत दिल बहादुर खड्का गढी गाउँपालिका सिध्दार्थ बैंक औराबनी साखाका म्यानेजर केशव श्रेष्ठ र गढी गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरुको उपस्थिति रहेको थियो।ग्रामीण महिला उत्थान मन्चले गढि गाउँपालिकाका २५जना किशोरी तथा महिलाहरुलाइ १महिने ब्युटी पार्लर (केश शृङ्गार)तातिम प्रदान गरेको हो।ग्रामीण श्रेत्रका किशोरी तथा महिलाहरुलाइ स्वरोजगार बनाउने उदेश्यले १महिने गरिएको संस्थाकि अध्यक्ष सुनिता बिश्वासले बताए ।
तालीममा सहभागीहरुले रोजगार गर्ने र त्यसका लागि सहजीकरण गर्ने गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताएका छ्न।र १महिने तालिमले खासै उपलब्धि नहुने र त्यसको लागि अलिकति एड्भान्स तालिम ल्याउनु पर्नेमा जोडदिनु भएको छ।
यादवले सहभागीहरुले तालिममा सिकेका कुरा ब्यावहारमा उतार्दै स्वरोजगार बन्ने बिश्वास ब्यक्त गरेका छन।१महिने तालिममा तुल्सा न्यौपाने र सुनिता बिश्वासले सहजीकरण तथा तालिम प्रदान गरेको आयोजकले जान्कारी गराएको छ।