दुहबी / नेकपा फुटको दिसातर्फ अग्रसर हुँदै गर्दा सुनसरीको दुहबीमा ओली समुहको अखिल नेपाल महिला संघ दुहबी नगर समितिको भेला सोमवार सम्पन्न भएको हो ।
भेलामा मैना राईको संयोजकमा ५५ सदस्य रहने गरि अखिल नेपाल महिला संघ दुहबी नगर समिती चैन भएको थियो जस्मा स . संयोजकमा पारस राई ,सचिवमा पुनम चौधरी , स. सचिवमा निर्मला राई रहेकि छिन ।
दुहबी स्थित दिनेश चौधरी स्मृति सभा हलमा भएको कार्यक्रमको प्रमुख अथितिमा नेकपाकि केन्द्रीय सदस्य तथा पुर्व मन्त्री भगवती चौधरी रहनु भएको थियो , विशिष्ट अथिती तैयब हुसेन , इटहरी उप महानगरकि उप मेयर ल्क्षमि गौतम , धरानकि उप मेयर मन्जु भन्डारि तेसै गरि अथितीमा नेकपा क्षेत्र नम्बर ३ का पाटी सचिव रामजान अलि लगायत केन्द्र देखि जिल्ला सम्मका नेता कार्यकर्ता हरुको उपस्थिति रहेका थिए ।
सो कार्यक्रमको सम्बोधन गर्ने क्रममा अधिकांश नेताहरुले माओवादी र एमालेको एकता प्रकृया नटुंगीदै प्रचण्डले साविक एमालेमा खेलेर फुटाएको आरोप लगाउनुभयो । बहुमत अल्पमतको आधारमा निणर्य गर्दा एकतामा माओवादीलाई मार पर्नसक्ने कुरालाई मध्यनजर गर्दै अध्यक्ष केपी ओलीले पार्टी एकिकरणमा त्याग गरेको बताउनुभयो ।
पहिला एमाले फुट्दा पनि माले पार्टीमा धेरै नेता गएको भएपनि जनताले एमालेकै नीति मन पराएर मालेलाई परास्त गरेको स्मरण गर्दै नेताहरुले अहिले पनि नेताहरु अर्को कित्तामा बढी देखिए पनि एजेण्डा र सिद्धान्तको आधारमा ओली र ओली समुह नै सहि रहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाकि केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अथिती भगवती चौधरीले नेकपामा देखिएको मतभेद र अबको कार्यदिशाका विषयमा प्रष्ट्याउनुभएको थियो ।
कार्यक्रममा विभिन्न नगर , गाउँ पालिका वडा , टोल हरुबाट निर्वाचित जनप्रतिनिधि नेकपाका समर्थक महिलाहरुको उत्साहजनक सहभागीता देखीएको थियो ।
सो कार्यक्रम्मा हजारौंको संख्यामा नेकपाका महिला कार्यकर्ता देखि समर्थक सम्मको सहभागितामा कार्यक्रम सम्पन्न भएको युवा संघ दुहबी नगरका पुर्व अध्यक्ष राकेश डांगिले जनाए ।