दुहबी / नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध सोमबार सुनसरीको दुहबीमा विरोध प्रर्दशन गरेको छ।
संसद् विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने कार्यक्रमअनुसार कांग्रेसले दुहबीमा विरोध प्रर्दशन गरेको हो ।
दुहबी ५ स्थित रहेको हाई स्कुलको खेलमैदान बाट शुरु भएको विरोध र्याली दुहबी बजारको परिक्रमा गरी दुहबीको मुख्यचौक डांगा चौकमा गएर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य कल्पना चौधरी गच्छदारले प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक भएको बताईन ।
सो विरोध र्याली नेपाली कांग्रेस सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ को आयोजनामा भएको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मेहदि हुसेनले बताए । कांग्रेसको विरोध प्रदर्शनको कार्यक्रममा गाउँ-गाउँबाट आफना कार्यकर्ता दुहबीमा उतारेको देखीएको थियो ।
सो विरोध र्यालीमा दुहबी नगरका मेयर वेदनारायण गच्छदार उप मेयर सुनिता दाहाल साह गढि गाउँपालिकाको प्रमुख श्रीप्रसाद यादव उप प्रमुख राजकुमारि चौधरी लगाईतको उपस्थिति रहेका थिए ।
प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने तय गरेको थियो। सरकार अलोकतान्त्रिक बाटोमा हिड्न खोजेको भन्दै कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शनका क्रममा ओलीविरुद्ध चर्का नारासमेत लगाएका छन्।