दुहबी / जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको विरोधमा मंगलबार दुहबीमा प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि जसपा आन्दोलित बनेको छ ।
प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै जसपाले असंवैधानिक र लोकतन्त्र विरोधी निर्णय कार्यान्यन हुन नसक्ने बताउँदै आएको छ ।
दुहबीमा प्रदर्शन पछि कोणसभालाई जसपाका युवा नेता रंजित गोस्वामि , जसपाका जिल्ला नेता सरोज सिंह , दुहबी नगर संयोजक कृष्ण कुमार चौधरी , लगायतले सम्बोधन गरेका थिए





