७२ अौ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बिहिवार दुहबीमा घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज’ भन्ने नाराका साथ मङ्सिर १० गतेबाट दुहबी ८ मा शुरु भएको सो लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बिहिवार एक कार्यक्रमका बिच सम्पन्न भयो ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।
वातावरण संरक्षण तथा दक्ष जनशक्ति विकास केन्द्र दुहबी ८ को आयोजना तथा संरक्षण महिला समुदायिक संस्था कदम गाछि महिला कृषि समुह , उपयोगि महिला कृषि सहकारि संस्था लैङ्गिक हिंसा संजाल समिति आमा समुहको सहकार्यमा भएको कार्यक्रममा माउन्ट ऐभरेस्ट एकेडेमी क्लेजका विधार्थी हरुको समेत सहभागिता रहेका थिए ।
मङ्सिर १० गते महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा दुहबी ८ को कदम गाछी बाट निकालिएको र्याली सो वडाको विभिन्न गाउँ हुदै वडा कार्यलयको अगाडि पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति पुर्व पर्यटन राज्य मन्त्री सुमित्रा बिश्वासले लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि सम्पूर्ण महिला एक हुनु पर्ने बताईन ।
साथै दैनिक रूपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्नेमा उनले जोड दिइन् ।
कार्यक्रमका विशिष्ट अथिती तथा दुहबी नगर उप प्रमुख सुनिता दाहाल साहले सरकारले कुनै पनि क्षेत्रमा महिलाको फुलि अधिकार नदिकन महिलाको अधिकार कटौती गरेर महिला हरुको मनोबल गिराउने काम सरकारलेनै गरेको आरोप लगाएकि हुन ।
कार्यक्रमका अर्का विशिष्ट अथिती तथा दुहबी ८ का कार्यवाहक वडा अध्यक्ष बिनय दाहालले मानव अधिकार नारा कागजमै सिमित भएको सरकार संग गुनासो गरे ।
सो कार्यक्रम को अध्यक्षता वातावरण संरक्षण तथा दक्ष जनशक्ति विकास केन्द्र दुहबी ८ कि अध्यक्ष लक्ष्मी ठाकुरले गरेकि थिन ।
सो कार्यक्रममा सहभागीहरूले मानव अधिकार सबैको लागि, महिला हिंसा अन्त्य गरौँ कुरा हैन काम गरौँ, खुलेर बोलौँ विभेद रोकौँ, महिला हिंसा रोकौँ लगायत लेखिएका प्लेकार्डसहित सहभागी भएका थिए ।





