दुहबी / सुनसरीको दुहबी ८ नगरकै उज्यालो वडा बन्दै गरेको देखिएको छ। प्रदेश १ को अौधोगिक नगरी भनेर दुहबी लाई चिनीन्छ
दुहबी स्थापनाको लामो ईतिहास भएता पनि दुहबी लाई चिनाउन दुहबी ८ स्थित रहेको सोनापुर भन्ने ठाउको उद्योगहरु राष्ट्रीय अन्तर्राष्ट्रियमा प्रख्यात रुप चिनाउने काम गरेकोछ देखिन्छ ।
सोनापुरमा रहेको देशको ठुला ठुला उधोग मध्ये रमपम , पसुपती खाद्य तेल साबुन , बिस्कुट जस्ता उधोग हरुले सोनापुर लगाईत दुहबी क्षेत्र लाई राष्ट्रीय अन्तर्राष्ट्रियमा प्रख्यात रुप चिनाउने काम गरेकोछ देखिन्छ ।
बिगतको ईतिहास हेर्दा दुहबी ८ सोनापुर लगायत क्षेत्रमा बाटो घाटोको , पुल पुलेसा , विकास निर्माण काम देखि रोजगार सम्मको समस्या सो ठाउँको जन्ता हरुले बर्सौदेखि दुख र पीडा झेल्दै आईरहेका थिए। स्थानिय निर्वाचनको पछिल्लो समय हेर्दा सो क्षेत्रमा विकास निर्माणकार्य देखि बाटो घाटो रोजगार सम्मको समस्या हल हुदा सो ठाउको जन्ता अहिले हर्सित भएको देखिन्छ ।
पछिल्लो समय दुहबी वडा ८ को कार्यलयले उज्यालो सोनापुर अभियान चलाई सो वडा भित्र रहेको सम्पुर्ण सार्वजनिक स्थान देखि लिएर गाउँ गाउँ टोल टोलमा उज्यालो सोनापुर अभियान अन्तरगत बिजुली बति ७०० बिजुलीको पोल हरुमा जडान गरिएको देखिन्छ ।
सो वडाको मुख्य सार्वजनिक ठाउँ हरुमा १५ वटा सोलार बति जडान गरेको देखेर स्थानीय कलेन्द्र पराजुलि हर्सित हुदै भन्छन यस अघि रातको समयमा बाटो हिन्दा अफ्ठारो लाग्ने डर लाग्ने भएको थियो अबत रातको समयमा पनि उज्यालो हुँदा निर्धक साथ हिड डुल गर्न पाउँदा आफु हर्सित भएको बताउछन ।
सो विषयमा दुहबी ८ का कार्यवाहक वडा अध्यक्ष बिनय दाहाल संग बुझदा वडा बासीको चाहा अनुरुप आफू हरुले काम गर्दै लैजाने बताउनु भयो ।
साथै वहाले उज्यालो सोनापुर अभियान लाई निरन्तरता दिनका लागि स्थानीयबासीहरु पनि सचेत भई समयमा बत्ती बाल्ने र निभाउने अनि अरेक पोलमा अनअफ बतिको सुईचलाई प्लास्टिकले रेपर गरे बत्ति लामो समय सम्म टिक्ने जनाए ।