विराटनगरस्थित भारतीय सीमा नाका जेागवनी , फाइल तस्वीर
विराटनगर । विराटनगरस्थित नेपाल भारत सीमा नाका जाेगवनी पुस भित्रै खोल्ने तयारी हुदै छ । गत चैत्र ११ गतेबाट बन्द रहेकाे नेपाल भारत सीमाना खाेल्ने सरकारकाे तयारी अनुरूप विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्ड पूरा गरी खाेल्न लागिएकाे हाे ।
सीमा बन्द हुँदा तस्करी तथा भन्सार छलीका घटना बढिरहेकाे छ भने कतिपय स्थानहरूमा नाका खुलाउन दबाव स्वरूप धर्ना दिने काम समेत भएपछि सरकार बाध्य भएर नाका खाेल्न तयार भएकाे हाे ।
जाेगवनी नाकामा हेल्थ डेस्क राखिने महानगरपालिकाले जनाएकाे छ । सीमा खुलेपछि हुन सक्ने संक्रमणकाे जाेखिम मध्यनजर गर्दे हेल्थ डेस्क सञ्चालन गरिने महानगरपालिकाले जनाएकाे हाे ।