सुनसरीको दुहबी नगरपालिकाको कार्यालय अगाडी दुहबी जेसिज सम्बद्ध युवाहरूले आयोजना गरेको रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको छ ।
आइतबार भएको रक्तदान कार्यक्रममा स्थानीयहरूको सहयोगमा ३७ पिन्ट रगत संकलन भएको छ। रक्तदान कार्यक्रममा स्थानीय विभिन्न संगठनका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कोभिड १९ को महामारीको बेला रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटीको समन्वयमा रगत संकलन गरिएको दुहबी जेसिजककि अध्यक्ष बिमला सुबेदीले बताइन ।