दुहबी / बिराटनगरको सुमित गेस्ट हाउस बाट चार दिन अगाडि मात्र यौन धन्दा गरेको भन्दै ६ जना युवा युवती लाई मोरङ प्रहरीले पक्राउ गरि केही माथि जीव मास्ने बेच्ने अभियोगमा मुद्दा चलाईएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष खडकाले जनाएको छ ।
यता सुनसरीको दुहबी १० बाट अनैतिक क्रियाकलापमा संलग्न भएको आंशकामा ५ जना युवा युवती लाई दुहबी प्रहरीले केही दिन अगाडि पक्राउ गरि केही माथि अभद्र व्यवहारको मुद्दा चलाईएको दुहबी प्रहरीले जनाएको छ ।
एक स्थानीयको घरमानै यौन धन्दा चलाईएको जनगुनासो बढेपछि प्रहरीले सक्रियताका साथ पक्राउ गरेको ईलाका प्रहरी कार्यलय दुहबीले जनाएको थियो ।
प्रहरीका अनुसार यौन धन्दा सन्चालन गरेको घर मालिक हाल फरार रहेको र पक्राउ परेका हरु माथि थप अनुसंधान भईरहेको हुनाले कसैको पनि नाम खोल्न नमिल्ने बताएका थिए । तर हाल सम्म पनि यौन धन्दा संचालन गरेका घर मालिक फरार रहेको दुहबी प्रहरीले बताएका छन ।
प्रहरी स्रोतअनुसार पक्राउ पर्ने मध्ये दुई युवा दुहबीको रहेकोछ भने एक युवा देवानगंज दुई युवति प्रदेश २ को राजबिराज र ईटहरि घर भएकि रहेको छ ।
यता दुहबीमा रहेको केहि ठुला होटेलमा पनि यौन धन्दा चलिरहेको जनगुनासो भएता पनि दुहबी प्रहरी भने मुख दर्सक देखिन्छ ।