• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

नोबेलको अर्को बदमाशी : शुल्क बुझाउन ढिलो गर्दा १ लाख २० हजार जरिवाना  

काेचिला खबर by काेचिला खबर
11/27/2020
in स्थानीय
100
SHARES
453
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । कोरोना महामारीको कारण शुल्क समयमा बुझाउन नपाएका विराटनगर–४ स्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलका विद्यार्थीहरूसँग कलेजले चर्को जरिवाना असुली गर्न थालेको छ ।

नोबेलमा ‘डिम्पलोमा इन फार्मेशी’ अध्ययन गर्दै आएका विद्यार्थीहरूले समयमा शुल्क बुझाउन नसक्दा जरिवानाको नाममा मनपरी रकम असुल्न थालेको हो ।
अस्पतालले तोकेको जरिवना शुल्क विद्यार्थीले नबुझाए परीक्षबाट बञ्चित गराउने धम्की दिइरहेको गुनासो विद्यार्थीहरूले गरेका छन् । डिप्लोमा इन फार्मेसीको तीन वर्षको कोर्ष पुरा गरेको शुल्क नोबेलले ३ लाख ३७ हजार रुपैयाँ तोकेको छ ।

तोकिएको शुल्क समयमा नबुझाएको भन्दै जम्मा शुल्कको ३६ प्रतिशत थप जरिवाना दिनुपर्ने दबाब कलेज प्रशासनले विद्यार्थीहरुलाई दिएको हो । विद्यार्थीले समयमा शुल्क नबुझाएको भन्दै जरिवानाको नाममा चर्को रकम असुल गर्न थालिएको हो । कोरोना महामारीको बेला सरकारले विभिन्न कर र बैंकले ब्याज लिने समय बृद्धि गरेको बेला नोबेलले भने समयमा शुल्क बुझाउन नपाएका विद्यार्थीमाथि लुटको धन्दा चलाएको गुनासो अभिभावकहरुले गरेका छन् ।

नोबेलले बनाएको मापदण्ड अनुसार विद्यार्थी भर्ना हुँदा १ लाख २० हजार रुपैयाँ र ३÷३ महिनामा विद्यार्थीले २० हजार २ सय रुपैयाँ शुल्क बुझाउनुपर्छ । कोरोना संक्रमणको सन्त्रास सामान्य बन्दै गएपछि नोबेलमा परीक्षा फारम भर्न आएका डिप्लोमा इन फार्मेसीको चौथो वर्षमा अध्ययरत एक विद्यार्थीलाई १ लाख २० हजार १ सय ६० रुपैयाँ थप रकम मागेको छ । कोरोना संक्रमणका कारण अध्ययनदेखि परीक्षा प्रणालीमा समेत असर पुगेको बेला नोबेलले भने शुल्क बुझाउन बिलम्ब भएको दावी गर्दै विद्यार्थीसँग जर्बरजस्ती जरिवाना असुल्न थालेको पीडित विद्यार्थीले बताएका छन् ।

विद्यार्थीले समयमै शैक्षिक शुल्क वापतको किस्ता रकम नबुझाएको आरोपमा कारवाहीस्वरुप असुल्ने जरिवाना रकम भने वार्षिक शुल्क बराबर छ । कसलाई कति लिन सकिन्छ, त्यति लिनेगरि व्यक्तिपिच्छे दवाव सिर्जना गरिएको विद्यार्थीले बताएका छन् । दोस्रो र तेस्रो वर्षको ‘ब्याकपेपर’ को परीक्षा फारम भर्न आएका डिप्लोला इन फार्मेसी अध्ययरत विद्यार्थीसँग एकसाथ ठूलो रकम जरिवाना मागिएको हो ।

जरिवाना रकम नुबझाए परीक्षाबाट बञ्चित गराइदिने धम्की पनि दिँदै आएको ती विद्यार्थीले बताए । ‘जरिवाना लागेको विषय अस्पतालको लेटर प्याडमा लेखेर दिन आग्रह गर्दा भने प्रशासनले नमानेको विद्यार्थीको भनाइ छ । आउँदो मंसिर १४ गतेसम्म ब्याक लागेका विद्यार्थीले फारम भरिसक्नुपर्ने छ । १४ मंसिरसम्म फारम नभरेमा परीक्षाबाट बन्चित हुने अवस्था छ ।

प्रशासनले जरिवाना रकम नबुझाए परीक्षाबाट बञ्चित हुने धम्की दिएको कारण जरिवना तिर्न नसक्ने विद्यार्थीहरू मानसिक तनाबमा परेका छन् । नोबेल प्रशासनले यस अगाडि विद्यार्थीले बुझाएको शुल्कको रसिद भने दिएको छैन । बैंकमा जम्मा गरेर भौचरसमेत हरायो भन्दै रसिद नदिएको विद्यार्थीले बताएका छन् ।

फार्मेसीकै अर्का विद्यार्थीले कलेज प्रशासनले परीक्षाबाट बञ्चित गराउने धम्कीसहित जरिवानाको नाममा रकम बार्गेनिङ गरिरहेको बताए । फार्मेसीका विद्यार्थीसँग जस्तै नोबेलले ल्याब टेक्निसियन पढ्ने विद्यार्थीसँग पनि बार्गेनिङ गरेको गुनासो सार्वजनिक भएको छ । विराटनगका युवा योगराज आशिष दाहालले आफ्नो फेसबुक पेजमा नोबेलले जरिवाना वापत असुलेको रकमको बिलसहित सार्वजानिक गरेका छन् । विद्यार्थीले बुझाउनुपर्ने ३८ हजार भएपनि त्यसमा ६० हजार थपेर ९८ हजार बुझाउनु परेको दाहालको भनाइ छ ।

कलेज प्रशासनले तोकेको तिर्ने की पढाई छोडेर घर फिर्ने ? भनेर धम्की दिएको विद्यार्थीहरु बताउँछन् । नोबेल कलेजमा अध्ययनका लागि शुल्क बुझाईसकेका विद्यार्थीले पुनः अभिभावकसँग रकम मागेर बुझाउनुपर्दा पारिवारिक समस्या समेत भोग्नु परेको गुनासो गरेका छन् ।

नोबेल मेडिकल कलेजका प्रिन्सिपल डाक्टर रामहरी घिमिरेले भने मिडियासँग गुनासो गर्ने विद्यार्थीहरुलाई आफ्नो सम्पर्कमा पठाईदिन आग्रह गर्नुभयो । उहाँले सुरु भर्नाको समयमा विद्यार्थीसँग गरिएको सम्झौताका आधारमा जरिवाना लिएको दावी गर्नुभयो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist