दुहबी / सुनसरीको दुहबी १० बाट अनैतिक क्रियाकलापमा संलग्न भएको आंशकामा बिहीबार ५ जना युवा युवती लाई दुहबी प्रहरीले पक्राउ गरेको छ।
एक स्थानीयको घरमानै अनैतिक क्रियाकलाप भएको जनगुनासो बढेपछि प्रहरीले सक्रियताका साथ पक्राउ गरेको ईलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ ।
प्रहरीका अनुसार अनैतिक क्रियाकलाप सन्चालन गरेको घर मालिक हाल फरार रहेको र पक्राउ परेका हरु माथि थप अनुसंधान भईरहेको हुनाले कसैको पनि नाम खोल्न नमिल्ने बताएका छन ।
प्रहरी स्रोतअनुसार पक्राउ पर्ने मध्ये दुई युवा दुहबीको रहेकोछ भने एक युवा देवानगंज दुई युवति प्रदेश २ को राजबिराज र ईटहरि घर भएकि रहेको छ ।