सुनसरीको दुहबी १० घर भएका दुई युवा माथि दुहबी प्रहरीले अभद्र व्यवहारको मुद्दा लगाईएको छ ।
दुहबी १० घर भएका बर्ष १८ को राम निरौला र बर्ष २२ को चैतु चौधरीले मंसिर २ गते मंगलबार बिहानको समयमा सार्वजनिक ठाउँमा होहल्ला मच्चाई एक स्थानीय लाई कुटपिट समेत गरेको हुनाले ।
पीडितले दिएको किटानी जाहेरीको आधारमा सो दुई युवा माथि अभद्र व्यवहारको मुद्दा लगाई १० दिनको म्याद थप गराई अनुसंधान अगाडि बढाएको ईलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ ।
यता एक स्थानीयको भनाइ अनुसार घटना सुनेको भन्दा केही फरक रहेको बताएका छन ।
उनका अनुसार केहि दिन अगाडि सोहि ठाउँका अन्दाजी बर्ष २० का एक युवाले सोही ठाउँकि अन्दाजी बर्ष १७ कि एक युवति लाई भगाई लगेको थियो सो युवा युवती खोज तलास गरि पाउ भनेर दुहबी प्रहरीमा उजुरी समेत परेको उन्को दाबी रहेको छ ।
उनले भन्छन हाल सम्म पनि सो युवा युवती आफ्नत र प्रहरीको कन्टयाकमा नआउदा युवति पक्ष बाट राम निरौला माथि युवति लाई भगाउन युवति लिएर फरार भएको युवा लाई सहयोग गरेको आरोप लगाउदा सो बिवाद भए पछि दुई समुह बिच कुटाकुट भएको उन्को भनाइ रहेको छ ।