दुहबी / सुनसरीको दुहबी नगरपालिका-५ स्थित रहेको जोजो मोबाइल सेन्टर र मुस्कान मोबाइल सेन्टर बाट करिव ३५ हजार मुल्य बराबरको अतिसबाजी(पटका) बरामद गरिएको हो ।
सो जोजो मोबाईल सेन्टरका सन्चालक घनश्याम रौनियार हुन भने मुस्कान मोबाइल सेन्टरका सन्चालक दिलिप गुप्ता रहेको खुल्नमा आएकोछ ।
विहिबार विशेष सूचनाको आधारमा सो अतिसबाजी(पटका) पसल र घर बाट बरामद गरिएको ईलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ ।
भारतिय बजारबाट पटका खरिद गरि सिमा एरिया बाट लुकाई छिपाई सुनसरीको विभिन्न बजार लगायत दुहबी सम्म पुरयाउने गरेको प्रहरी स्रोतले बताएका छन।
स्रोतका अनुसार दुहबीमा अझ पनि ठूलो परिमानमा अतिसबाजि पटका भित्रिएको अनुमान रहेको बताए ।





