दुहबी / जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना संक्रमित व्यक्तिले स्वास्थ्य प्रोटोकल पालना नगर्नेको हकमा आवश्यक कार्वाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
संक्रमित व्यक्ति घरमै बस्ने बहानामा गाउँघर डुल्ने र स्वास्थ्य सावधानीका उपाय समेत अवलम्बन नगर्ने गरेको जस्ता गुनासा बढेको भन्दै सुनसरी प्रशासनले त्यस्ता व्यक्तिको हकमा कार्वाही गर्ने निर्णय गरेको हो ।
प्रजिअ फणिन्द्रमणि पोखरेलले समाजका प्रतिष्ठित व्यक्तिहरु समेतले स्वास्थ्य सावधानीका उपाय अवलम्बन गरेको नपाइएको बताए । उनले समाजमा संक्रमण बढ्दो क्रममा रहेको अवस्थामा बढ्दो असावधानीले थप जोखिम बढाउने निष्कर्श सहित उक्त निर्णय कार्यान्वयनमा ल्याउन प्रहरीलाई निर्देशन दिइएको बताए ।
प्रशासनले स्थानीयलाई समेत संक्रमित व्यक्तिले हेलचेक्राई गरेको पाइए सो विषयमा जानकारी गराउन आग्रह गरेको छ । उसले जिल्ला प्रहरी कार्यालय मार्फत मातहतका सबै युनिटलाई उक्त निर्णय कडाईका साथ कार्यान्वयनमा ल्याउन भनेको छ ।