• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

अख्तियारमा उजुरीबारे सुनसरी एसपी थापाले भने : बदनाम गर्न खोजियो

काेचिला खबर by काेचिला खबर
10/25/2020
in स्थानीय
56
SHARES
253
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीका प्रहरी प्रमुख कमल थापाले आफ्नो बदनाम गराउन केहि व्यक्ति र समूह सुनियोजित रुपमा लागि परेको बताएका छन् ।

अख्तियारमा आफु विरुद्ध कमाउ धन्दामा लागेको भनि परेको उजुरीको विषयमा उनले आफुलाई सुनियोजित रुपमा बदनाम गराउन खोजिएको बताएका हुन् ।

विगतका वर्षको दाँजोमा लागुऔषध विरुद्धको अभियानमा उल्लेखनीय सफलता हात लाग्दै गएको अवस्थाका बिच सोही विषयलाई जोडेर रकमको मोलमोलाई गर्ने गरेको भनि आफुमाथि लगाइएको आरोपलाई उनले बदनीयत पूर्ण भएको बताएका छन् ।

स्थानीय संचारकर्मीहरु सँगको कुराकानीमा एसपी थापाले भनेर्, सुनसरी प्रहरीले लागुऔषध विरुद्ध चालेको स्विप अप्रेसनले निकै सफलता हात पारेको छ ।

वर्षौदेखि लागुऔषधको कारोबार गर्दै आएकाको चेन समेत तोडिएको छ । तर, अफसोच पूर्वक भन्नु पर्छ ः प्रहरीका राम्रा काम नदेख्नेले प्रहरीको खैरो खन्ने काम मात्र गरिरहे’ ।

उनले पूर्वमै लागुऔषध कारोबारको हिसाबले अग्र सूचीमा पर्ने सुनसरीमा स्विप अपे्रसन चलाई प्रहरीले नियन्त्रणका प्रयास थाल्दा प्रहरी प्रमुख उपर कमाउ धन्दामा लागेको आरोप लगाइनु नियोजित भएको बताए ।

एपसी थापाले लागुऔषध जस्तो संवेदनशील विषयमा प्रहरीले रकम लिएर कोही कसैलाई छाड्नै नसक्ने बताए । प्रहरीको अनुसन्धान र रणनीति आफ्नै तवरको हुन्छ । जसलाई धेरैजसो अवस्थामा सार्वजनिक गर्न मिल्दैन्, थापाले भने ।

अपराध रहित समाज निर्माणमा जुट्दा समाजकै अङग भएकाले समेत कतिपय अवस्थामा प्रहरीले अभिभावकीय भूमिकामा रहेर काम गर्नु पर्ने हुन सक्छ ।

जसमा आवश्यक्ता भन्दा बढी विषय उठान गरेर व्यक्ति र सिङगो संगठनको बदनाम गराउनु दुर्भाग्य हो । आवश्यक्ता परे सम्वन्धित विषय सरोकारावालले सोझै अनुसन्धान वा छानविन गर्न सक्छन् ।

जसमा प्रहरी सहजिकरण र समन्वय गर्न तयार छ । तर सुनियोजित रुपले बदनाम गराउने खोजियो उनले भने ।

सिआइबीमा समेत रहेर काम गरेको अनुभवका आधारमा प्रहरी प्रधान कार्यालयले आफुलाई सुनसरीको जिम्मेबारी तोकी पठाएको बताएका थापाले आफ्नो बदनाम गराउन लागि परेका व्यक्ति वा समूहले प्रहरीबाट आफु अनुकुल सेवा र सुविधा नपाउँदा आफुमाथि रिसिवी साँध्ने प्रयास थालेको हुन सक्ने बताएका छन् ।

उनले आफ्नो बदनाम गराउन चाहनेले बनावटी घटना क्रममा राजनीति समेत मिसाउन खोजेको बताए

सोही विषयलाई लिएर अख्तियारमा आफु विरुद्ध परेको उजुरी तर्फ इङिगत गर्दै थापाले भने, संगठनको मूल्य र मान्यताबाट विचलित नभई जिम्मेवारी निर्वाहमा खटिदा आइपरेका समस्या र चुनौतीलाई अवसरका रुपमा लिएको छु ।

वास्तविकता छानविन प्रतिवेदनले सबै माझ ल्याउने नै छ । उनले प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धानमा खटिएको टोलीलाई घटनाको सम्पूर्ण विवरण जानकारी गराएको बताउदै अनुसन्धान प्रतिवेदनले आफुलाई दोषी ठहर्याए सहर्ष स्विकार्दै कार्वाहीको लागि तयार हुने समेत बताए ।

एसपी थापा विरुद्ध लागुऔषध तथा सुर्तिजन्य पदार्थमा पैसा माग्ने गरेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई सो विषय छानविन गर्न पत्र काटेको थियो ।

छानविन समितिले बयान लिने काम सकि सकेको बताएको प्रदेश प्रहरी कार्यालय स्रोतले सोही अनुरुपको व्यहोरा सहितको प्रतिवेदन अख्तियारमा बुझाउने तयारी थालिएको जनाएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist