दुहबी / सुनसरीको खनार बाट हराएको कार मोरङको मङ्लबारेमा भेटिएको छ । हाईवे सडक छेउमा वेवारिसे अवस्थामा कार भेटिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
इटहरी १२ खनारका निवासी पुष्प चौधरीको बा ९ च ३४०४ नम्बरको फोर्डको टाईटनिक कार हराएको थियो । चोरले चौधरीको घरबाट कारको चाबी ल्यापटप,पर्स मोवाईल चोरेका थिए ।
गाडी चोर्दै गरेको चोरको तस्विर सिसी टिभीमा कैद भएको थियो ।इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले इटहरीबाट हराएको कारण मोरङमा भेटिएको बताए ।
हामीले चोरलाई भेट्न सकेका छैनौ डिएसपी केसीले भने । गाडीलाई वेवारिसे अवस्थामा फेला पारेर ल्याएको प्रहरीले बताएको छ । कार चोरी गर्नेको खोजि भईरहेको प्रहरीले जनाएको छ ।