• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

नोबेलमा डाक्टरको लापरवाहीले विरामीको मृत्युपछि दुई दिनदेखि अस्पतालमा तनाब

काेचिला खबर by काेचिला खबर
10/15/2020
in स्थानीय
100
SHARES
455
VIEWS
Share on FacebookShare on Twitter

 
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा चिकित्सकले गम्भीर लापर्बाही गरेको कारण विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि अस्पताल तनाबग्रस्त बनेको छ ।

पेटमा समस्या भएपछि आइतबार नोबेलमा शल्यक्रिया लागि भर्ना भएकी सोलुखुम्बुको नोचासल्यान– ४ की ३५ वर्षीय तारादेवी भट्टराईको मृत्यु भएपछि आफन्तले नाराबाजी गर्दै आन्दोलन गरिरहेका छन् ।

पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी महिलाको मंगलबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले आफन्तलाई जानकारी गराएको थियो । शल्यक्रियाको क्रममा आन्द्रा काटिएकोले उनको मृत्यु भएको भन्दै आफन्तले लापरवाही गर्ने चिकित्सकलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्ती दिन माग राख्दै मंगलबार दिनभर आन्दोलन गरेका थिए ।

पीडित पक्षले राखेको मागको सुनवाइ नभएपछि उनीहरूले बुधबार दोस्रो दिन पनि अस्पतालमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ती दिनुपर्ने, मृतकका छोराछोरीको अध्ययनमा लाग्ने खर्च अस्पतालले व्यहोर्नुपर्नेलगायतको माग राख्दै दुई दिनदेखि प्रदर्शन गर्दै आएका छन् ।

मृतक महिलाका श्रीमान ओम भट्टराईका अनुसार पीसीआर जाँचपछि सोमबार पाठेघरमा भएको ट्युमरको शल्यक्रिया गर्न तारालाई नोबेलमा भर्ना गरिएको थियो । सोमबार बिहान साढे ९ बजे डाक्टार शान्ति सुवेदीको टिमले शल्यक्रियाका लागि उनलाई अप्रेशन थिएटरभित्र हुलेका थिए । करिब एक घण्टापछि शल्यक्रिया सफल भएको भन्दै डाक्टरले उनलाई आइसियूमा सारे ।

अप्रेशन थिएटरबाट निकाल्दा श्रीमतीको अवस्था सामान्य रहेको श्रीमान ओमको भनाइ छ । तर, सोमबार साँझ पुनः रक्तश्राब नरोकिएकोले तुरुन्त अप्रेशन गर्नुपर्ने भन्दै चिकित्सकको टोलीले हतार–हतार तारालाई अप्रेशन थिएटरमा लगेका थिए । त्यसको आधा घण्टापछि अचेत अवस्थामा अक्सिजनसहित बाहिर निकालेर उनलाई भेण्टिलेटरमा राखेका चिकित्सकले मंगलबार विहान मृत्युको जानकारी दिएको उहाँको भनाइ छ ।

‘पाठेघरको शल्यक्रिया गर्दा आन्द्राको ट्यूमर देखिएको भन्दै चिकित्सकले पाठेघर र ट्यूमर फालेको बताएका थिए’ ओमले भन्नुभयो, ‘तर, शल्यक्रिया अघि परीक्षण गर्दा ट्यूमर नदेखिएकोमा चित्सिकले ट्यूमर रहेको बताएपछि छक्क परेँ।’ ट्युमर निकाल्ने भन्दै चिकित्सकले विरामीको आन्द्रा काटिदिएको उहाँको आरोप छ ।

पाठेघरको अप्रेशन गर्दा आन्द्रा काटिदिएका श्रीमतीको मृत्यु भएको परिवारको दावी छ । पाठेघरको अप्रेशन भनेर आन्द्रा काटिदिएएको श्रीमान ओमले बताउनुभयो । मृत्युपछि उपचारमा लापरवाही गर्नेलाई कारवाहीको माग राखेको र आफ्ना माग सम्बोधन नभएसम्म श्रीमतिको शव नउठाउने उहाँले बताउनुभयो

अस्पतालका प्रबन्धक नारयण दाहालले भने विरामीको उपचारको क्रममा मृत्यु भएकोले अस्पतालले कुनै लापरबाही नगरेको दाबी गर्नुभयो । ‘पाठेघरमा ट्युमर भएपछि अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीले शल्यक्रिया गरि २ केजीको ट्युमर निकालेको छ,’ उहाँले भन्नुभयोे, ‘शल्यक्रियापछि पनि विरामीको अवस्था ठिकै थियो, थप उपचारको क्रममा यस्तो हुनपुग्यो 

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

02/19/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist