दुहबी / माेरङकाे सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद दाहालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
दुहबी नगरपालिका वडा न ८ कदम गाछी (अन्नपूर्ण जुत्ता चप्पल उद्योग ) अगाडि बिराटनगर बाट ईटहरि तर्फ जाने क्रममा नेपाल आयल निगमको ट्याङकरले मोटरसाइकल लाई पछाडिबाट ठक्कर दिदा दाहालको घटना स्थलमा मृत्यु भएकाे हाे दुहबी स्थायि ट्राफिक कार्यलयका ईन्चार्ज गोपाल श्रेष्ठले जानकारी दिएकाछन । श्रेष्ठका अनुसार
दाहाल सवार को १७ प ६९८१ नम्बरको मोटरसाइकललाई मे १ ख २४९४ नम्बरको ट्यांकरले ठक्कर दिएको बताइएकाे छ भने ट्याङ्कर र ट्याङ्कर चालकलाई दुहबी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।