सुनसरी दुहबी ३ स्थितमा रहेको शुभ लक्ष्मी फुड प्रोड्क्ट उधोगका एक कर्मचारीको शनिवार रहस्यमय मृत्यु भएको छ।
भारत घर भएका अन्दाजी बर्ष ३२ बिकास पौदारको मृत्यु भएको हो ।सो मृत्क मजदुर पौदार उधोग बाट केही दिन अगाडि छुट्टी लिएर आफ्नो घर भारत बसाइँ पछि एक साता अगाडि उधोगमा काम गर्न फर्केको उधोगका सुरक्षा गार्ड बालेन्द्र खड्काले बताए ।
खड्का अनुसार भारतीय मजदुर पौदार उधोगको भित्रै बसाइँ रहेको बताए । सो भारतीय मजदुरको मृत्यु उधोगमा काम गरिरहेकै अवस्थामा उधोग भित्रनै मृत्यु भएको स्थानीयहरुको आसंका रहेकोछ ।
उता सो बिषयमा उधोगका मालीक लक्ष्मन तपडिया संग बुझदा भारतीय मजदुर पौदार घर बाट उधोग आएपछि काममा नगएको र उनलाई उधोग भित्र रहेको उबस्ने कोठामानै होम आइसोलेशनमा केही दिनको लागि बस्न लगाएको र उनलाई शनिवार अचानक छाती दुखेर मृत्यु भएको सुईकार गरेकाछन
यता सो भारतीय मजदुर मृत्यु भएको बिषयमा ईलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक घनेन्द्र खजुम संग बुझदा भारतीय मजदुरको मृत्यु शनिवार दिवसो १२ .४५ बजे भएको र कसरी मृत्यु भएको भने थप अनुसंधान भईरहेको पोस्टमार्टम रिपोर्ट नआएसम केही भन नसकिने बताए ।