दुहबी / जिल्ला प्रशासान कार्यालय सुनसरीले शैक्षिक गतिबिधिमा राेक लगाएकाे छ ।
नेपाल सरकारले विद्यालय, कलेज, तालिक केन्द्र, ट्युसनमा लगाएकाे प्रतिबन्ध कायमै रहेकाले निर्णय कान्यान्वय गर्न जिल्ला प्रशासान सुनसरीले सबै स्थानिय तहलाइ पत्र पठाएकाे छ ।
अहिले सुनसरीका केहि विद्यालयले विद्यार्थी भेला परेर पठनपाठन सुरू गरिसकेका छन् । भने धेरै जसाे विद्यालय यसकाे तयारीमा छन् । पठनपाठन सुरू गरेका तथा तयारीमा रहेका विद्यालयमाहरू जिल्ला प्रशासनकाे यस्ताे पत्रबाट अन्याैलमा परेकाे देखिन्छ ।
संक्रमण तिब्र रूपमा फैलिरहेकै भए पनि केहि विद्यालयहरू बैकल्पिक सिकाइ प्रभावकारी नहुने भन्दै विद्यालय खाेल्ने तयारीमा रहेका थिए । यहि समयमा शिक्षा बिकास तथा समन्वय इकाइ सुनसरी बाेधार्थ रहेकाे पत्र जिल्ला प्रशासान सुनसरीले जारी गरेकाे छ ।
साथै जिल्ला प्रशासानले अन्य गतिबिधिमा प्रतिबन्ध कायमै रहेकाे बताएकाे छ । सभा, गाेष्ठि, तालिम, प्रदर्शन, भेला, सम्मेल, सिनेमा हल, पार्टिप्यालेस लगायतका मनराेञ्जनका स्थलमा संचालनमा राेक लगाइएकाे छ ।
त्यसैगरी सैलुन, ब्युटिपार्लर तथा स्प, स्वीमिङपुल जिम खाना पनि संचालन नगर्न भनिएकाे छ । समुहमा हुने खेलकुद, खेलमैदानमा हुने प्रस्तुति, अन्तराष्ट्रिय खेल तथा प्रशिक्षण, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, संग्राहलय र चिडियाखानामा पनि प्रतिबन्ध कायमै गरेकाे छ ।