विराटनगर, / सडकमा हिड्दै गर्दा एक्कासी बेहोस भएका कोशी अस्पताल विराटनगरका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार साँझ अस्पताल अगाडी हिड्दै गर्दा एक्कासी बेहोस भएका कोशी अस्पतालका बच्चा रोग विभागमा डाक्टर विनोद बिराजीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सडकमा एक्कासी बेहोस भएका उनको टाउकोमा पनि गम्भिर चोट लागेको थियो ।
सडकमा हिड्दै गर्दा बेहोस भएपछि उनलाई कोशी अस्पतालमा भर्ना गरेर कोरोना जाँच गर्दा आइतबार पोजेटिभ देखिएको थियो ।
स्वास्थ्य अवस्था गम्भिर भएकाले बिराजीलाई उपचारका लागि आफन्तले भारत तर्फ लगेकाे काेशी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । डाक्टर बिराजीकाे उपचारमा खटिएका १६ जना चिकित्सककाे टाेली क्वारेन्टाइनमा बसेका छन ।