विराटनगर / झारफुक गरेर सन्तान हुने बनाइदिन्छुभन्दै विवाहित महिलामाथि बलात्कार गर्न खोज्ने विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय बौना रामलाई प्रहरीले पक्राउ गरेको छ ।
राम गाउँघरमा धामीझाँक्रीको काम गर्दै हिँड्ने व्यक्ति हुन् । बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएकी एक महिलामाथि बलात्कारको प्रयास गरेको पाइएपछि उनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।
झारफुक गरेर सन्तान हुने बनाइदिन्छुभन्दै महिलामाथि बलात्कारको प्रयास भएको उनको भनाइ छ ।





