दुहबीमा थप ९ जना कोरोना संक्रमित भएको पुस्टि भएको छ। उनिहरु दुहबी ३ का ४० बर्षका पुरुष, दुहबी ८ का ५० र ५५ बर्षका पुरुष र दंगा प्रहरी नियन्त्रण गण दुहबीका ६ जना प्रहरी संक्रमित रहेकोे दुहबी स्वास्थ्य शाखाले पुष्टि गरेको हो। दुहबीमा जम्मा २१४ कोरोना संक्रमित मध्ये ९७ जना निको भएका छन् भने ८३ जनाको रिपोर्ट आउन बाकी छ ।





