• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

कोशी अस्पतालले भर्ना गर्न अस्वीकार गर्दा दुहबीकि एक गर्भवती महिलाको ज्यान गयो

काेचिला खबर by काेचिला खबर
09/11/2020
in स्थानीय
402
SHARES
1.8k
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, । प्रसूतिका लागि लगिए पनि विराटनगरको कोशी अस्पतालले भर्ना गर्न अस्वीकार गर्दा एक जना गर्भवती महिलाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–६ सुकुम्बासी टोलमा परिवारसँग बस्दै आएकी ३० वर्षीया विमला ऋषिदेवको बिहीबार बिहान ४ बजेतिर मृत्यु भएको हो ।
प्रसूति व्यथाले च्यापेपछि उनलाई बिहान १ बजेतिर श्रीमान शिवु ऋषिदेवले कोशी अस्पताल पुर्याएका थिए । तर कोशीले बेड खाली नभएकोभन्दै भर्ना लिन अस्वीकार गरेर उपचारका लागि अरुनै अस्पताल लैजान भन्यो ।

फर्काएर घरमा लगिएकी महिलाको बच्चा जन्माउन नपाउँदै ज्यालो नभइकन ज्यान गएको स्थानीय विकेश मुखियाले बताए उनका अनुसार दुई पटकसम्म शल्यक्रिया गरेर प्रसूति गराइसकेको हुँदा तेस्रो पटक शल्यक्रिया गर्न नमिल्नेभन्दै अस्पतालले फिर्ता पठाएको हो । बच्चा जन्माउन नसक्दा प्रसूति व्यथाले छटपटाउँदा छटपटाउँदै गर्भवतीको मृत्यु भएको उनले जानकारी दिए ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएको ऋषिदेव परिवारले ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएको स्थानीयले बताए सुनसरीको दुहवी १० सिमरिया घर भए पनि कामको सिलसिलामा शिवु केही समयदेखि विराटनगरमा परिवारसहित बस्दै आएका थिए ।

गर्भवतीको मृत्युको पीडाले शव अगाडि बसेर भावविह्वल हुँदै आफन्त ।

‘पारिवारिक आर्थिक अवस्था कमजोर थियो । त्यही कारण अस्पतालले भर्ना लिन अस्वीकार गरेको हुन सक्छ,’ मुखियाले भने, ‘मृत्युपछि शव उठाउँदा लाग्ने खर्च गर्ने पैसा पनि मृतकका परिवारसँग भएन ।

प्रसूति गराउन लगिएकी गर्भवतीले उपचारनै नपाएर ज्यान जानु एकदमनै दुःखद् हो ।’

स्थानीय अक्षय सहनीका अनुसार मृतकका ९ र ३ वर्षका दुई छोरी छन् । अढाई वर्षका छोराको दुई वर्षअघि बस्ता खोलामा डुबेर मृत्यु भएको उनले बताए ।

दाहसंस्कार गर्ने पैसा नहुँदा मृतकको शव घरबाट उठ्न नसक्ने अवस्था भएपछि प्रदेश सांसद एवं नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले सहयोग गरेका थिए । कार्कीले पैसा र आवश्यक सरसामानको सहयोग गरिदिएपछि शवको अन्त्येष्टि भएको जानकारी सहनीले दिए ।

प्रदेशसभा सदस्य कार्कीले दुई पटकसम्म शल्यक्रिया गरिएका कारण तेस्रो पटक गर्न नमिल्नेभन्दै कोशी अस्पतालले प्रसूतिको अन्तिम अवस्थामा गर्भवतीलाई फर्काइदिएको बताए ।

घटनापूर्व आफूसमक्ष जानकारी नआएको बताउँदै उनले कोशीले फर्काइदिएपछि आर्थिक रुपमा विपन्न ऋषिदेव परिवारले अर्को अस्पताल लैजान रकम जोहो गर्दै गर्दा दुःखद् घटना भएको जानकारी दिए ।

सरकार र प्रशासनले बिरामीको उपचार गर्न निजी तथा सरकारी अस्पताललाई निर्देशन दिएको भए पनि उपचार नपाएर सर्वसाधारणले अकालमा ज्यान गुमाइरहने अवस्था आउँदा सरकार कहाँ छ भनेर कार्कीले प्रश्न गरे । पैसा अभावमा अन्त्येष्टि गर्न लैजान नसक्दा बिहानैदेखि घरमा शव रहेकोभन्दै उनले दाहसंस्कारको सबै काममा सहजीकरण गरिदिएको बताए

‘प्रसूति व्यथाले च्यापेर अस्पताल लैजाँदा पनि उपचार नपाएर गर्भवतीले मृत्युवरण गर्नु कहाँसम्मको दुःखद् घटना हो ?,’ कार्कीले भने, ‘यसरी धेरै सर्वसाधारणले उपचार नपाएर जीवन त्यागिरहँदा स्वास्थ्य उपचारको अवस्था कस्तो छ भन्ने उजागर भएको छ ।’ आर्थिक अभाव हुँदा र अस्पतालको लापरबाहीका कारण सर्वसाधारणले ज्यान गुमाउने अवस्था आउनु सरकारको लाचारीपन भएको उनको आरोप छ ।कोशि अनलाईन बाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

02/19/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist