इटहरी । युवती प्रयोग गरे यौन भिडियो बनाई पैसाको बार्गेनिङ गर्ने इटहरीका २१ बर्षिय समीर मगर पक्राउ परेका छन । युवतीलाई प्रयोग गरि ३ लाख पैसा माग्ने इटहरीका समीर सहित रामधुनी ५ का डन दाई भन्ने गणेश दर्जी पक्राउ परेका हुन ।
धरान १८ को बुद्ध चोक स्थित कान्तिपुर होटेलमा यही साउन २६ गते भएको जबरजस्ती करणी प्रकरणको भिडियो केटी आफैले बनाएको खुलसा भएको छ ।
मोबाइलबाट डिटेल भएको भिडियो लाई रिकभर गरेर प्रहरीले अनुसन्धान गर्दा यस्तो तथ्य खुलेको हो । उनीहरूले नै केटीको सहमति र मिलेमतोमा भिडियो बनाएको बयान दिएका छन ।
उक्त भिडियो अनुसन्धानमा मोरङ घर भएकी १६ वर्षिय बालिकाले बनाएका प्रहरी बताउँछ । यौन सम्पर्क गर्ने बेला कोठामा योजनाबद्ध ढङ्गले राखी यौन सम्बन्धको भिडियो बनाइएको पाइएको छ । भिडियो को अन्तिममा पीडित केटीले २ हजार नगद समेत लिएको देखिएको प्रहरी बताउँछ ।
जबरजस्ती करणी आरोपमा रामधुनी नगरपालिका ७ झुम्का घर भएका ४६ वर्षिय एमके होमियो मेडिकल हलका सञ्चालक समेत रहेका मोहम्मद ईर्साद आलमलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चार पाटी बाट साभार





