१३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद नयाँ उत्कर्षमा पुगेको छ ।
अध्यक्ष एवं प्रधानमन्त्रीले केपी शर्मा ओलीले एक पक्षीय रुपमा बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्यको बैठक राखेका छन् र, एकपक्षीय रुपमा बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्ष निकालेको छ ।