दिउँसो करिब १२ बजे पुगेका व्यक्तिलाई महानगरपालिकाले तत्काल एम्बुलेन्स बोलाएर कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र पठाएको थियो ।
संक्रमित व्यक्ति प्रवेश गरेपछि विराटनगर महानगरपालिकाले कार्यालयलाई सेनिटाइज गरेको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य निरीक्षक हैदर अलीले संक्रमित व्यक्तिलाई आइसोलेसनमा पठाइएको बताए ।
महानगरपालिका स्रोतका अनुसार कोरोना परीक्षणको रिपोर्ट लिन पुगेका व्यक्ति नर्सिङहोम (विराटनगर अस्पताल) का सञ्चालकको घरमा काम गर्ने कामदार हुन् ।
उनी दिउँसो करिब १ बजे विराटनगर बजार हुँदै रिपोर्ट लिन पुगेका थिए । गलत ठेगाना र नाम लेखाएर कोरोना जाँच गरेका नर्सिङहोम सञ्चालक पनि संक्रमण पुष्टि भएको ३८ घण्टापछि मात्र सम्पर्कमा आएका थिए ।
संक्रमित व्यक्ति कोरोना जाँचको रिपोर्ट लिन आएपछि महानगरपालिकाले स्वाब संकलन भएको पाँच दिनपछि सम्बन्धित वडा कार्यालय र प्रयोगशालामा स्वाब लिन आग्रह गर्दै सूचना जारी गरेको छ ।
थप १६ जनामा संक्रमण
मंगलबार विराटनगरका १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य निरीक्षक हैदल अलीका अनुसार विराट नर्सिङहोमका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
कोशी अस्पतालमा स्वाब संकलन गरेका सातजना र अन्य दुई जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार प्रदेश १ मा मोरङमा १७, झापामा ३ र ओखलढुंगामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।
काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७
ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com
सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि
Design by :
© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.
© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.