भोलि मंगलबार दुहबीको हटिया तथा दुहबी बजार पसलहरु एक दिनकालागि बन्द हुने भएको छ। आज दुहबी नगरपालिकामा भएको सर्बदलिय बैठकमा सो निर्णय गरिएको हो। दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले मंगलबार दुहबी हटिया भएकोले कोरोना भाइरस समुदाय स्तरमा फैलिन न दिन एक दिन दुहबी बजार बन्द गर्ने निर्णय गरिएको बताउनु हुँदै दुहबीमा समुदाय स्तरमा कोरोना भाइरसको पिसिआर चेक गर्ने तयारी गरेको जनाए । मंगलबार दुहबी हटिया भएकोले बाहिरबाट मानिसहरु आउन सक्ने हुँदा कोरोना भाइरस को उच्च जोखिम हुने हुँदा हटियाको दिन पुर्णरुपमा बजार पसलहरु बन्द गर्नुपर्ने सर्बदलिय छलफलमा अधिकांसले तर्क राखेका थिए। कोरोना भाइरसको माहामारीमा अहिलेसम्म दुहबी नगरपालिकामा २ करोड ७२ लाख ७६ हजार खर्च भएको दुहबी नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद नेउपानेले जनाए ।