सुनसरीको दुहबी वडा नम्बर १० सिमरिया स्थित रहेको बुद्ध चौक देखि उतरपट्टि दुहबी ९ सिमा सम्म जोडने बाटोमा ८२ मिटरको कालोपत्रे गर्ने सडक निर्माणकार्य भई रहदा सो कालोपत्रे निर्माणकार्य गुणस्तरिय नभएको भन्दै हिजो देखि स्थानीयहरु आक्रोशित भएका छन । स्थानीय सत्यनारायण हरिजनका अनुसार कालोपत्रे गर्नु अगाडि कम्प्रेसरले सफा नगरि र सडकमा माटाे नहालिकन गिट्टी माथि गिट्टी हालेर निर्माणकार्य गरेको र बाटोको बेस नमिलाएको कारण सडकको मुहारनै बिगरिएको अग्लोहोचो देखिएको र ठाउँ ठाउँमा आफै खाल्डो भैरहेको बताए ।
अर्का स्थानीय जाबुल मियां भन्छन कालोपत्र निर्माणकार्यको नगर पालिकाले तोकेको कुनै मापदण्ड ठेकेदार पक्षले पुरा नगरिकन आफ्नो मनपरि तरिकाले कालोपत्र निर्माणकार्य गर्न लागेको आरोप समेत लगाएका छन । सो कालोपत्रे निर्माण कार्य गर्दा नगर पालिकाले तोकेको मापदण्ड पूरा नगरिकन आफु खुसी तरिकाले निर्माणकार्य गर्न लागेको भन्दै शनिवार स्थानीय र ठेकेदार पक्षबिच चरम बिवाद भएको थियो ।
सो बाटो निर्माण कार्यमा दुहबी १० का वडाअध्यक्ष लधुराम माझीले कुनै वास्ता न गरेको स्थानीयहरु बताउँछन् । सो कालोपत्रे सडक सरोवर बिल्डर्स प्रालिले ९ लाख ९७ हजार ८ सय ६३ मा २०७७ असार २५ गते सम्म निर्माणकार्य सक्ने गरि ठेक्का लिएपनि अहिलेसम्म निर्माण कार्य पूरा भएको
छैन ।





