सुनसरीको दुहबी नगरपालिका वडा नम्वर ९ छातावेलीमा तिन महिना अगाडि दुई समुह बिच भएको झडपको बिषयलाई लिएर एक समुहले वडाअध्यक्षको योजनामा सो घटना भएको आरोप लगाएको बिषयमा सो वडाका वडाअध्यक्ष मेंहदी हुसैन निर्दोष रहेको भन्दै दुहबी वडा नम्वर ९ को कार्यालयले प्रेस विज्ञप्ति जारि गरेको छ ।
सो प्रेस विज्ञप्तिमा यस दुहबी नगरपालिका वडा न ९ को वडा अध्यक्ष मेहदी हुसैन मियां बिरुद्दमा केहि दिन अगाडी विभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति यस वडा कार्यलयको गम्भीर ध्यान आर्कषण भएको उल्लेख छ ।
सो बिज्ञप्तीमा ३ महिना अगाडी यस दुहबी वडा न ९ को छाताबेलीमा मिति २०७६।१२।२३ गते का दिन राहतको बिषय लाई लिएर दुई पक्ष बिचको झडपमा सम्बन्धित वडा अध्यक्ष मेहेदि हुसैन मियांको कुनैपनि संग्लनता नभएको भनिएको छ ।
राहत बाड्ने क्रममा दुई पक्षको बिचमा भएको झडपको कुरा सम्बन्धित वडाका वडाअध्यक्ष हुसैन ले थाहाँ पाएपछी तत्कालै इलाका प्रहरी कार्यलय दुहबी लाई सम्पर्क गरेर झडपको बिषयमा खबर गरी तत्कालै घट्ना स्थलमा प्रहरी प्रशासन संगै पुगेर वडाअध्यक्ष हुसैन र प्रहरी प्रशासनले दवै पक्षलाई सम्झाई बुझाई झडप साम्य बनाएको बिज्ञप्तीमा उल्लेख छ ।
सो घटनाको बिषयमा विभिन्न संचार माध्यामबाट सिंगो वडा कार्यलय र वडाअध्यक्षको नामलाई बदनाम
गरी चरित्र हत्या गर्ने हिसाबले समाजका केही खराब प्रवृती भएको ब्यक्तीहरुको उस्काहटमा परी निराधार समाचार सम्प्रेसन भएको भन्दै उक्त समाचारमा नलाग्न जन समुदायहरुमा अपिल गर्दै तेस्ता संचार माध्यामहरुलाई कानुनी उपचार खोज्ने समेत बिज्ञप्तीमा उल्लेख छ ।
कार्यवाहक वडाध्यक्ष सतिस कुमार चौधरी द्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा एक हप्ता अगाडी वडाअध्यक्ष मेंहदी हुसैन मियाँले वडा कार्यलयलाई आधिकारीक जानकारी दिई आफ्नो ब्यक्तीगत कामले बाहिर गएको उल्लेख गरिएको छ । आजको कोचिला खबर दैनिक पत्रिकाबाट साभार