विराटनगर । प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत ५ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार एक प्रहरी अधिकृतमा कोरोना संक्रमण संक्रमण पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना देखिएको हो ।
बिहीबार ११ जनाको स्वाब परीक्षण गरिएकामा थप ४ जनामा संक्रमण देखिएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभयो । प्रहरीमा संक्रमण देखिएपछि बिहीबार थप १ सय ५० जना प्रहरीको स्वाब नमुना संकलन गरिएको छ भने प्रदेश प्रहरी कार्यालय सिल गरेर सेनिटाइज गरिएको छ । कार्यालयमा कार्यरत प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको पोखरेलले जानकारी दिनुभयो ।
प्रदेश प्रहरी कार्यालयबाट प्रदान गरिने सेवा अनलाइनबाट दिने व्यवस्था गरेको कार्यालयले जनाएको छ ।





