नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ को आयोजनामा सुनसरी सामुदायिक अस्पताल दुहबीमा रहेका बिरामी हरुलाई दुहबी नगर पालिका का मेयर बेद नारायण गच्छदारको ब्यक्तिगत सहयोगमा फलफुल बितरण गरि बिशेश्वर प्रसाद कोइरालाको ३८ औ स्मृति दिवस मनाइएको छ ।
मंगलबार सुनसरी सामुदायिक अस्पताल पुगेर मेयर गच्छदारले फलफुल वितरण गर्नु हुँदै बिपि कोइरालाले गरेको योगदानको विषयमा चर्चा गर्नु भएको थियोे । मंगलबार दुहबीमा सुनसरी क्षेत्र नम्बर ३ नेपाली कांग्रेसका सचिब ओम थापा सहित नेता कार्यकर्ताहरु लगायतले विभिन्न कार्यक्रमको आयोजना गरि बिशेश्वर प्रसाद कोइरालाको ३८ औ स्मृति दिवस मनाएका
थिए ।






