नौ बुँदे मागहरु राख्दै नगर प्याब्सन दुहबीले दुहबी नगरपालिकालाई शुक्रबार ध्यानकर्षण पत्र बुझाएको छ । कोरोना भाइरसको महामारीले शैक्षिक क्षेत्र तहसनहस भएको भइरहेको अवस्थामा पठनपाठन सुचारुका साथै नयाॅ बिद्यार्थी भर्ना, अध्ययनरत बिद्यार्थीको अभिलेखिकरण गरी पाठ्यपुस्तक लगायतका शिक्षण सामाग्री ब्यबस्थापन गर्ने वाताबरण मिलाउनुपर्ने लगायतका मागहरु राखेर नगर प्याब्सन दुहबी कार्य समितिले नगर प्रमुख वेद गचछदारलाई ध्यानकर्षण पत्र बुझाएको हो ।