मोरङ / मोरङको बुढीगंगा ४ स्थित मनमोहन प्राविधिक बिश्वविद्यालयमा विद्यार्थीहरु आन्दोलित हुँदै तालाबन्दी गरेका छन् ।
भोलि मुस्लिम समुदायिहरुको माहान पर्व इदको दिन exam लिन लागेको भन्दै मुस्लिम विद्यार्थीहरु आक्रोशित हुँदै मुख्य गेटमा तालाबन्दी गरेका छन ।
सोही बिश्वविद्यालयमा अध्यनरत विद्यार्थी साजित अन्सारीका अनुसार बिश्वविद्यालय प्रशासन संग पटक पटक परिक्षा केही घण्टाको लाई सार्न आग्रह गर्दा प्रशासन प्रमुख सुजन भुर्तेलले जातिय बिभेदको कुरा गर्दै तिमीहरु परिक्षा नदिदा पनि हुन्छ भन्दै गैर जिम्मेवारी पुर्ण कुरा गरेको आरोप लगाए
सोही बीसयमा मनमोहन प्राविधिक बिश्वविद्यालयका प्रशासन प्रमुख सुजन भुर्तेल संग 9852024889 मा फोन सम्पर्क बाट बुझ्न खोज्दा फोन उठेन ।
तालाबन्दी भएको बिश्वविद्यालय भित्र अहिले १६० जना विद्यार्थी र ३० जना शिक्षक कर्मचारी रहेको जनाइएको छ अहिले विद्यार्थी र बिश्व विद्यालय प्रशासन बिच वार्ता हुँदै गरेको जनाइएको छ ।





